प्रदीप नेपालको निधनप्रति सभामुख घिमिरेले गरे शोक व्यक्त

नेपालभ्युज

प्रदीप नेपालको निधनप्रति सभामुख घिमिरेले गरे शोक व्यक्त

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले मङ्गलबार एक शोक सन्देश जारी गर्दै नेता नेपालको निधनसँगै नेपाली वाम आन्दोलनले एक इमान्दार, निष्ठावान र सिद्धान्तनिष्ठ नेता गुमाएको उल्लेख गरेका छन्।

शोक सन्देशमा भनिएको छ, “मुलुकले एक दूरदर्शी राजनीतिज्ञ एवं प्रखर चिन्तकको अपूरणीय क्षति व्यहोर्नु परेको छ। उहाँले नेपालको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक परिवर्तनको यात्रामा खेलेको भूमिका स्मरणीय र प्रेरणादायी रहिरहनेछ।”

उनले स्वर्गीय प्रदीप नेपालको पूर्वी नेपालका गाउँगाउँका जनतासँग रहेको सामीप्यता र आत्मीयतालाई विशेष रूपमा स्मरण गर्दै यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली एवं गहिरो समवेदना प्रकट गरेका छन्।

नेता नेपाल नेपाली वाम राजनीतिका महत्वपूर्ण व्यक्तित्व थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved