राजदूत घिमिरेद्वारा बेलायतका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस

नेपालभ्युज

राजदूत घिमिरेद्वारा बेलायतका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस

उल्भरह्याम्टन । बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच राजदूत घिमिरेले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बेलायतस्थित नेपाली दुतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए । त्यस अवसरमा दुई मुलुकबीचको २०९ वर्षे कूटनीतिक सम्बन्ध स्मरण गर्दै राजा चार्ल्सले नेपालको विकास प्राथमिकता र यसको प्रगतिमा आफूहरुको सहयोग रहने बताए । उनले आफ्नो व्यक्तिगत सम्बन्ध र नेपाल भ्रमणका कैयौँ क्षण स्मरण गरेको राजदूत दुवाडीले बताए ।

प्रमाणपत्र ग्रहण गर्दै राजा चार्ल्स ले राजदूत घिमिरेलाई बेलायतका लागि नेपाली राजदूतको नियुक्तिका लागि बधाई ज्ञापन गर्दैै नेपालसँग र बेलायतको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको दुतावासले जनाएको छ ।

कार्यक्रममा राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिँदै नेपालको सामाजिक–आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गर्दैै पारस्परिक हितका क्षेत्रमा सहकार्य थप बढाउन  आवश्यक रहेको बताए ।

सो समारोहमा राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीकोतर्फबाट राजा चार्ल्स तृतीयको व्यक्तिगत हित र बेलायती  जनताको दिगो समृद्धिको कामनासहित पठाउनुभएको शुभकामना सन्देश सुनाए ।

सन् १९३४ मा लन्डनमा नेपालको मिसन स्थापना भएयता औपचारिक  रुपमा राजदूतको भूमिका निभाउने घिमिरे २३औँ राजदूत बन्नुभएको हो । समारोहमा राजदूत पत्नी सरिता न्यौपाने घिमिरे र दुतावासका कर्मचारी पनि सहभागी थिए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved