खुल्यो सामुदायिक विद्यालय (तस्वीरहरू)

खुल्यो सामुदायिक विद्यालय (तस्वीरहरू)

काठमाडौं । नेपाल शिक्षक महास‍ङ्घको आव्हानमा भएको २९ दिने लामो शिक्षक आन्दोलनको कारण बन्द रहेको सामुदायिक विद्यालयहरु आज (शुक्रबार)देखि खुलेका छन् ।

प्रायः विद्यालयमा आज पहिलो दिन भएकाले उपस्थित विद्यार्थीको सङ्ख्या भने कम रहेको छ । विद्यालयहरुले आज भर्ना अभियानका साथै कक्षासमेत सञ्चालन गरेका छन् ।

गत चैत्र २० गतेदेखि शिक्षकहरु विभिन्न माग राखी सडक आन्दोलनमा उत्रिएसँगै सामुदायिक बिद्यालयका भर्ना लगायतका सबै कार्य स्थगित भएको थियो । आन्दोलनरत शिक्षक सङ्गठन र सरकारबीच वैशाख १७ गते ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ ।

तर, नेपाल शिक्षक महासङ्घले सरकारसँग गरेको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्‌ले भने असहमति जनाउँदै पुन: आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ ।

वैशाख १८ गते नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले विज्ञप्ति जारी गर्दै सरकारसँगको सहमतिमा आफूहरुको माग सम्बोधन नभएकोले उक्त सहमति र आन्दोलन फिर्तालाई अस्वीकार गरेको छ ।

हेरौं, तस्वीरहरू –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved