काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले बुधबार भेटवार्ता गरेका छन् ।
नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् ।
भेटमा गृहमन्त्री लेखकले भारतको जम्मू–कश्मीरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाविरुद्ध रहेको स्पष्ट पारे ।
मन्त्री लेखकले नेपाल–भारतबीको सदियौंँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भाजपाकाका विदेश विभाग प्रमुख चौथाइवालेसित कुराकानी भएको बताए ।
सो भेटका अवसरमा भाजका विदेश विभाग प्रमुख चौथाइवालेले दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरे ।
‘नेपाल–भारतबीचको सम्बन्ध दृढ छ,’ उनले भने, ‘कुनै पनि विषयले मित्रवत सम्बन्धमा असर पर्दैन ।’ उनले कश्मीर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखकमार्फत समवेदनासमेत व्यक्त गरे । विदेश विभाग प्रमुख चौथाईवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भारतीय जनता पार्टीको पूर्ण सहयोग रहने धारणा व्यक्त गरे ।
Facebook Comment
Comment