घरायसी विवादमा दाउरा प्रहार गरी श्रीमतीको हत्या

नेपालभ्युज

घरायसी विवादमा दाउरा प्रहार गरी श्रीमतीको हत्या
प्रतीकात्मक तस्वीर

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी मङ्गलबार बिहान श्रीमतीको हत्या गरेका छन् ।

पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

घरायसी विषयमा विवाद हुँदा राजुले टाउकोमा दाउरा प्रहार गरेका भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved