थप चर्किँदै शिक्षक आन्दोलन, एकीकृत समाजवादीको ऐक्यबद्धता (तस्वीरहरू)

थप चर्किँदै शिक्षक आन्दोलन, एकीकृत समाजवादीको ऐक्यबद्धता (तस्वीरहरू)

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू २७ दिनदेखि काठमाडौंको सडकमा आन्दोलनरत छन् ।

आन्दोलनमा नेकपा एकीकृत समाजवादीले पनि ऐक्यबद्धता जनाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरु आन्दोलनमा सहभागी भएका छन् ।

आन्दोलनमा शिक्षकहरुको उपस्थिति बढ्दै गएको छ । सरकारले माग सम्बोधन गर्न बेवास्ता गर्दै आएपछि शिक्षकहरुले आन्दोलनलाई थप चर्काउँदै गएका छन् ।

आइतबार नयाँ बानेश्वरमा प्रहरी र शिक्षकबीच झपडसमेत भएको थियो । पछि प्रहरीले पानीको फोहोरा हानेको थियो । त्यसक्रममा दर्जनभन्दा बढी शिक्षकहरु घाइते भएका थिए ।

शिक्षकहरू विद्यालय शिक्षा ऐन लागू हुनुपर्नेलगायत माग राख्दै चैत २० गतेदेखि आन्दोलनरत छन् ।

हेरौं तस्वीर –

  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved