लिभरपुलले जित्यो दोस्रो पटक इङ्लिस प्रिमियर लिगको उपाधि

दोस्रो स्थानमा रहेको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई बाँकी पाँच खेलमध्ये मात्र एक अङ्क आवश्यक थियो।

नेपालभ्युज

लिभरपुलले जित्यो दोस्रो पटक इङ्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि दोस्रो पटक आफ्नो पोल्टामा पारेको छ। यसअघि २०१९/२० मा जुर्गेन क्लोपको प्रशिक्षणमा लिभरपुलले यो उपाधि जितेको थियो।

आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहम हटस्परलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि सुनिश्चित गरेको हो। दोस्रो स्थानमा रहेको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई बाँकी पाँच खेलमध्ये मात्र एक अङ्क आवश्यक थियो।

३४ खेलबाट ८२ अङ्क जोड्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेल खेलेको आर्सनल ६७ अङ्कसहित दोस्रो स्थानमा छ। लगातारको हारपछि टोटेनहम ३७ अङ्कसहित १६औँ स्थानमा यथावत् छ।

गए राति भएको अर्को खेलमा बोर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १–१ को बराबरी खेलेका छन्। बोर्नमाउथ ३४ खेलमा ५० अङ्कसहित दशौँ स्थानमा छ भने म्यानचेस्टर युनाइटेड समान खेलमा ३९ अङ्कसहित तालिकाको १४औँ स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved