प्रहरीले दियो काङ्ग्रेस सांसद राई पक्राउबारे सभामुखलाई जानकारी

नेपालभ्युज

प्रहरीले दियो काङ्ग्रेस सांसद राई पक्राउबारे सभामुखलाई जानकारी
माया राई

काठमाडौं । नेपाल प्रहरीले नेपाली काङ्ग्रेसकी सांसद माया राईलाई पक्राउ गरिएकोबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले शनिबार सङ्घीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउबारे जानकारी दिएको हो ।

मायालाई शनिबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–१० कपनबाट पक्राउ गरिएको थियो ।

उनी गीतेद्रबाबु (जीबी) राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा फरार रहेकी थिइन् ।

सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीबी पनि फरार छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved