अटोबाट खसेर बालकको मृत्यु

नेपालभ्युज

अटोबाट खसेर बालकको मृत्यु
सांकेतिक तस्वीर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ का १२ वर्षीय निराजन ठगुन्नाको आज अटोबाट खसेर मृत्यु भएको छ । झलारी बजारबाट म १ ह १२३३ नम्बरको अटोमा बजारबाट घरतर्फ जाँदै गरेका ठगुन्ना स्टेसनपुर नजिक अटोबाट खसेका हुन् ।

अटोबाट खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बोहराले जानकारी दिए । उनका अनुसार अटो चालक ४० वर्षीय जयदेव ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved