दुधौलीका मेयरविरूद्ध नाबालिगलाई जबरजस्ती करणीको जाहेरी

नेपालभ्युज

दुधौलीका मेयरविरूद्ध नाबालिगलाई जबरजस्ती करणीको जाहेरी

काठमाडौं । दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवारविरूद्ध प्रहरीमा जबरजस्ती करणीको जाहेरी परेको छ ।

उनीविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको र अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । ‘पीडितले जाहेरी दिएपछि हामीले अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने ।

१७ वर्षीया बालिकाले आफूलाई मेयर अधिकारीले जबरजस्ती करणी गरेको भन्दै बिहीबार जाहेरी दिएकी थिइन् ।

सिन्धुली जिल्ला अदालतका अनुसार हालसम्म अधिकारीको नाममा पक्राउ अनुमति भने जारी भएको छैन ।

अधिकारी माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । एमालेका लक्ष्मण कार्कीलाई पराजित गर्दै उनी २०७९ मा मेयरमा निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved