गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार गोरखाको बारपाकमा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग सामूहिक छलफल गरेका छन् ।
उनले जनप्रतिनिधिसँगको संवादमा माओवादी नेतृत्वमा रहेका पालिकाका जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने खालका परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । साथै उनले जनप्रतिनिधिहरू उत्तरदायी र जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए ।
छलफलमा सहभागी जनप्रतिनिधिले आफ्नो पालिकाका अनुभव, समस्या र चुनौतीबारे धारणा राख्दै पार्टी केन्द्रबाट सहयोगको अपेक्षा व्यक्त गरेका थिए । उनीहरूले भौतिक पूर्वाधारको अभाव, सेवाप्रवाहमा देखिएको कठिनाइ तथा बजेटको सीमितताजस्ता विषयमा ध्यानाकर्षण गराएका थिए ।
अध्यक्ष प्रचण्डले उठाइएका समस्यालाई सम्बोधन गर्न पार्टी र नेतृत्वको तर्फबाट आवश्यक पहल गरिने विश्वास दिलाए ।
Facebook Comment
Comment