मङ्गलबारदेखि अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

नेपालभ्युज

मङ्गलबारदेखि अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
फाइल तस्वीर

मध्यविन्दु । नवलपरासीको सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक खुलेको छ । उक्त सडक बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक एक दिनपछि दुईतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए ।

हाल दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved