ठूलो संख्यामा सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपालभ्युज

ठूलो संख्यामा सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरूको सरुवा, कामकाज र काज खटाउने निर्णय गरेको हो।

सरुवा हुने सहसचिवहरूमा रुद्र बहादुर कार्कीलाई लोक सेवा आयोगमा पठाइएको छ भने यज्ञ पुरीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशमा कामकाजका लागि खटाइएको छ।

त्यसैगरी, रोशन ज्ञवाली उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् भने मोतिराम सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, लुम्बिनी प्रदेशमा कामकाज गर्न तोकिएको छ।

मुक्तिराम अर्याल पनि लोकसेवा आयोगमा सरुवा भएका छन्। यसैगरी, मुकेश डंगोललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काजमा खटाइएको मन्त्रालयले जनाएको छ।

को कहाँ ? हेर्नुस् सूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved