पोखराबाट नक्कली डीएसपी पक्राउ

नेपालभ्युज

पोखराबाट नक्कली डीएसपी पक्राउ

पोखरा । पोखराबाट एकजना नक्कली प्रहरी नायक उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकमा रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट नक्कली डीएसपी पक्राउ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका वडा नं. ४ कुडुलेफेदी घर भएका वर्ष ३२ का चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पौडेलले उक्त रेष्टुरेन्ट एन्ड बारमा अर्डर गरी आफूले मागे अनुसारको खानेकुरा खाएपश्चात् ‘म नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै धाक–धम्की दिएको प्रहरीको आरोप छ ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतामा रहेका पौडेलविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved