राप्रपाको बैठक आज, पक्राउ परेका नेता र आन्दोलनका विषयमा छलफल हुने

नेपालभ्युज

राप्रपाको बैठक आज, पक्राउ परेका नेता र आन्दोलनका विषयमा छलफल हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शमशेर राणालगायतको पक्राउ र आगामी आन्दोलनका विविध पक्षलगायत विषयमा गहन छलफल हुने राप्रपाले जनाएको छ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा मिश्र र राणा पक्राउ परेका थिए। राप्रपाले उनीहरूको तत्काल रिहाइको माग गर्दै आएको छ। राप्रपाले यही वैशाख ७ गते काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ। आजको बैठकमा सो आन्दोलनको तयारीबारे पनि छलफल हुने बताइएको छ ।

 

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved