शिक्षकहरू आज पनि सडक आन्दोलनमा

नेपालभ्युज

शिक्षकहरू आज पनि सडक आन्दोलनमा
फाइल तस्वीर

काठमाडौं । असन्तुष्ट शिक्षकहरू आज (मङ्गलबार) पनि सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरू आज मध्यान्हदेखि काठमाडौंका सडकमा उत्रिएका हुन् ।

आन्दोलनरत नेपाल शिक्षक महासङ्घले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षामा संलग्न नहुने निर्णय गरेको छ ।

शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकास उनीहरूको माग छ । चैत २० गतेबाट शिक्षकहरूको राजधानीकेन्द्रित आन्दोलन जारी रहँदा हालसम्म सरकारले सम्बोधन गरेको छैन ।

सोमबार साँझ बसेको महासङ्घको बैठकले माग पूरा नभएसम्म परीक्षा सञ्चालन नगर्न केन्द्राध्यक्ष, निरीक्षकलगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ ।

शिक्षकहरूले आइतबार नयाँ वर्षको दिन पनि आन्दोलनलाई निरन्तरता दिएका थिए ।

आन्दोलनरत शिक्षकसँग काङ्ग्रेसका दुई महामन्त्रीको प्रतिबद्धता– समस्या समाधानका लागि पहल गर्छौं


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved