यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र यूएई भिड्दै, विश्वकपको यात्रा सुरु

नेपालभ्युज

यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र यूएई भिड्दै, विश्वकपको यात्रा सुरु
नेपाली टोली

काठमाडौं । जिम्बाब्वे र नामिबियामा हुने आगामी आईसीसी यू-१९ विश्वकपको एसिया छनोट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९:३० बजेदेखि सुरु हुनेछ।

यसअघि यूएईमा भएको छनोटमा नेपालले यूएईमाथि रोमाञ्चक जित दर्ता गर्दै विश्वकपमा स्थान बनाएको थियो। उक्त खेलमा दिपेश कँडेलले निर्णायक ह्याट्रिक लिएका थिए ।

यसपटकको छनोटमा अफगानिस्तानको उपस्थिति नेपालका लागि थप चुनौती बनेको छ। छनोटको तयारीका क्रममा नेपालले अफगानिस्तानसँग तीन खेलको शृंखला खेलेको थियो, जसमा नेपालले एक खेल जित्दा दुई खेल गुमाएको थियो।

नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोट प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीले यू-१९ विश्वकपमा स्थान सुरक्षित गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved