बयान लिएर दुर्गा प्रसाईंलाई अदालत लगियो (तस्वीरहरू)

बयान लिएर दुर्गा प्रसाईंलाई अदालत लगियो (तस्वीरहरू)

काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

सरकारी वकिलको कार्यालयमा बयान लिएपछि प्रसाईंलाई अदालत लगिएको हो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद लिन अदालत लगिएको हो ।

प्रसाईंलाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो ।

प्रसाईं यही चैत १५ गते तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका थिए । उनले बिहीबार भारतको आसाम प्रहरीसँग आत्मसमर्पण गरेका थिए । भारतीय प्रहरीले उनलाई काँकडभिट्टा ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो ।

तस्वीर –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved