स्ववियु निर्वाचन : मणिलेकमा नेविसङ्घको प्यानलै विजयी

नेपालभ्युज

स्ववियु निर्वाचन : मणिलेकमा नेविसङ्घको प्यानलै विजयी

बैतडी । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत मणिलेक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घको प्यानलै विजयी भएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवारलाई पराजित गर्दै नेविसङ्घका उम्मेदवार विजयी भएका हुन् ।

सभापतिमा नेविसङ्घका मनोजदत्त ओझा विजयी भए । उनले ४८ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका सरोज भट्टले ३७ मत र अखिल क्रान्तिकारीकी कल्पना भट्टले २१ मत पाइन् ।

सचिवमा दर्शन नेगी, कोषाध्यक्षमा पुजा चन्द विजयी भएका छन् । यो सँगै मणिलेक बहुमुखी क्याम्पसमा नेविसङ्घले तेस्रो पटक स्ववियू निर्वाचनमा जित हासिल गरेको हो । एक सय २५ मतदाता रहेको क्याम्पसमा एक सय ११ मत खसेको निर्वाचन अधिकृत भवानी सिंह नायकले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved