जनकपुरधाम । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सरकारमाथि उठेको प्रश्नबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन निर्देशन दिएका छन् ।
बुधबारको बैठकमा सभामुख मण्डलले सो निर्देशन दिएका हुन् ।
चैत १० गतेदेखि अनाधिकृत रूपमा कमिसन लिएर योजना बिक्री हुने गरेको आरोप लगाउँदै विपक्षी दल जसपा नेपाल र माओवादी केन्द्रले संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आइरहेका थिए ।
अवरोध फुकाउनको लागि सभामुख कार्यालयले गत शुक्रबार डाकेको सर्वदलीय बैठकले छानबिन समिति बनाउने सहमति भएको थियो । सोहीअनुसार छानबिन समिति बनाउन सभामुखले निर्देशन दिएका हुन् ।
प्रतिपक्ष सांसदहरूले सरकारले योजना खरिद बिक्री गरिरहेको, ससर्त अनुदानमा कमिसन लिएको र प्रत्यक्ष सांसदलाई दिइने ५ करोड र समानुपातिकलाई दिइने डेढ करोडमा सरकार पूर्वाग्रही भएको आरोप लगाउँदै आएका थिए ।
Facebook Comment
Comment