शिक्षक महासङ्घले वार्ताबारे लिएन ठोस निर्णय, भोलीको बैठकबाट जवाफ दिने

नेपालभ्युज

शिक्षक महासङ्घले वार्ताबारे लिएन ठोस निर्णय, भोलीको बैठकबाट जवाफ दिने

काठमाडौं । शिक्षक महासङ्घले सरकारसँगको वार्तालाई लिएर तत्काल कुनै निर्णय नगरेको जनाएको छ। मङ्गलबार आन्दोलनको समीक्षा गर्न बसेको बैठकले वार्तामा जाने वा नजाने भन्ने विषयमा ठोस निर्णय लिन नसकेको हो ।

महासङ्घको आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीले वार्ताका लागि विश्वासको वातावरण बन्नुपर्ने बताउँदै सरकारसँगको वार्तामा जाने वा नजाने भन्ने विषयमा बुधबार बिहान कोर टिम बसेर छलफल गर्ने जानकारी दिईन्

उनले भनिन्, ‘आन्दोलनको समीक्षा गर्‍यौं। आन्दोलनलाई निरन्तरता दिन्छौं। सरकारको विज्ञप्ति पनि पाएका थियौं । यही आधारमा वार्तामा जाने निर्णय भएको छैन । विश्वासको वातावरण बन्नु पर्‍यो । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन वा अध्यादेशबाट ऐन ल्याउने हो त्यो सुनिश्चित हुनुपर्छ ।’

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक २० चैतदेखि काठमाडौंमा आन्दोलनरत छन्। सरकारले यसअघि पनि दुई पटक वार्ताका लागि आह्वान गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved