रास्वपाले बोलायो सचिवालय बैठक

नेपालभ्युज

रास्वपाले बोलायो सचिवालय बैठक
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक बुधबार अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

झाका अनुसार बैठकमा अघिल्लो सचिवालय बैठकको समीक्षा, हालसम्म भएका पार्टी गतिविधि र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।

बैठकमा पार्टीको आगामी महाधिवेशन, जनयात्रा, प्रदेश जिम्मेवारीको हेरफेर लगायतको एजेन्डामा पनि छलफल हुने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved