वन्यजन्तु चोरीसिकारी

मोरङबाट तीन नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ

नेपालभ्युज

मोरङबाट तीन नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । मोरङको केराबारीबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका दुई जनालाई आइतबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

केराबारी गाउँपालिका–८ स्थित आमजुङगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार वन्यजन्तु चोरीसिकारीमा संलग्न केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू भने फरार छन् ।

पक्राउ परेकाहरूको साथबाट तीन नाल भरुवा बन्दुक बरामद भएकाले उनीहरूलाई हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved