स्ववियु निर्वाचन

त्रि–चन्द्रमा नेविसङ्घले विरासत जोगायो, कोइरालाको प्यानल विजयी

नेपालभ्युज

त्रि–चन्द्रमा नेविसङ्घले विरासत जोगायो, कोइरालाको प्यानल विजयी

काठमाडौं । त्रि–चन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु अध्यक्षमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले विरासत जोगाएको छ ।

बिहीबार सकिएको मतगणनामा गोविन्द कोइरालाको प्यानलै विजयी भएको हो ।

अध्यक्षमा कोइराला, सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम ( थोमस)ले बाजी मारेका छन् ।

सात वटा सङ्गठनका गठबन्धनलाई पछि पार्दै नेविसङ्घले बाजी मारेको हो । त्रि–चन्द्र नेविसङ्घको विरासत भएको क्याम्पस हो ।

कोइरालाले अनेरास्ववियुका प्रमित विष्टलाई पछि पारेका हुन् । त्रि–चन्द्रमा १६ वर्षपछि स्ववियु निर्वाचन भएको हो ।

अन्तिम मतपरिणाम भने आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved