काठमाडौंमा दुर्गेशको पहिलो लाइभ कन्सर्ट, खल्ती र आइएमई पेबाट टिकट किन्न सकिने

नेपालभ्युज

काठमाडौंमा दुर्गेशको पहिलो लाइभ कन्सर्ट, खल्ती र आइएमई पेबाट टिकट किन्न सकिने

काठमाडौं । ‘दुश्मन हेरेको हेरई’ ‘रातो रातो खुर्सानी पिरो छ’ ‘बिचबिचमा’ र अनेकौँ सुपर हिट गीत दिएका दुर्गेश थापाको काठमाडौंमा पहिलो लाइभ कन्सर्ट हुँदै छ ।

यही वैशाख १८, २०८२ हायात ग्राउन्ड बौद्धमा हुन गइरहेको उक्त कन्सर्टको टिकट नेपालको अग्रणी डिजिटल वालेट खल्ती र आइएमई पे जुन कुनै प्लेटफर्मबाट लिन सकिन्छ ।

आयोजक ट्राइएङल इन्कसँग साझेदारी गर्दै खल्ती र आइएमई पेले प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत सजिलै टिकट लिन सुविधा उपलब्ध गराएको छ । एक भाइब नै मानिएका थापा आफ्नो ऊर्जा र आकर्षक प्रस्तुतिका लागि परिचित छन् ।

जसका कारण हेर्न आउने दर्शकहरूलाई भरपुर मनोरञ्जन हुने कुरामा विश्वस्त रहेको कुरा साझेदारहरू बताउँछन् । थापाको साथसाथै उक्त कन्सर्टमा अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरूको पनि प्रस्तुति रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved