बागमती प्रदेशसभाको बैठक १ बजे बस्दै

नेपालभ्युज

बागमती प्रदेशसभाको बैठक १ बजे बस्दै
फाइल तस्वीर ।

बागमती । बागमती प्रदेशसभाको बैठक आज (बुधबार)अपराह्न १ बजेका निम्ति आह्वान भएको छ । बजेट बाँडफाँटमा दलीय सहमति नहुँदा मङ्गलबार लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।

सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक सञ्चालन गर्न आज पनि दलहरूबीच छलफल हुने र सहमतिका निम्ति अधिकतम प्रयास गरिने बताए । सरकार पक्ष र प्रतिपक्ष दलबीच छलफल भए पनि कुनै निष्कर्ष आउन नसकेकाले आज पुनः संयुक्त छलफल राखिएको सभामुख पाठकले बताए ।

चालु आर्थिक वर्षको बजेट बाँडफाँटमा सरकारले सन्तुलन कायम गर्न नसकेको र विगतका सहमति कार्यान्वयन नभएका भन्दै प्रतिपक्ष दलले बैठक अवरुद्ध गर्ने जनाउ दिएपछि सभामुख पाठकले सहमतिका लागि दलहरूसँग संयुक्त छलफल गर्दै आएका छन् । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved