मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक मिश्रा बलात्कार आरोपमा पक्राउ

नेपालभ्युज

मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक मिश्रा बलात्कार आरोपमा पक्राउ

काठमाडौं । महाकुम्भबाट भाइरल भएकी मोनालिसालाई मुम्बई ल्याएर अभिनेत्री बनाउने वाचा दिएका निर्देशक सनोज मिश्रा पक्राउ परेका छन् ।

दिल्ली प्रहरीले बलात्कार मुद्दामा उनलाई पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि दिल्ली उच्च अदालतले मिश्राको जमानत निवेदन खारेज गरेको थियो ।

प्रहरीले मिश्रामाथि एउटा सानो शहरकी एक युवतीलाई धेरै पटक बलात्कार गरेको आरोप लगाएको बताएको छ ।

यी युवतीले नायिका बन्ने सपना देखेकी थिइन् । सनोजले उनलाई फिल्ममा भूमिका दिने वाचा गरेर फोन गरेका थिए । शारीरिक शोषण गरेको र कसैलाई भनेमा फिल्म उद्योगमा काम नपाउने धम्की सनोजले दिएको पीडित महिलाले बताएकी छन् ।

१८ फेब्रुअरी २०२५ मा सनोजले होटलमा ल्याएर शारीरिक सम्बन्ध राखे र पछि विवाहको वाचाबाट पछि हटेको पीडितको भनाइ छ । अनुसन्धानको क्रममा मुजफ्फरनगरबाट गर्भपतनसँग सम्बन्धित मेडिकल विवरणहरू पनि सङ्कलन गरिएको थियो ।

मुम्बईमा ती महिलासँग विगत ४ वर्षदेखि लिभ-इन रिलेसनशिपमा बसेको, ३ पटक गर्भपतन गराउन बाध्य पारेको र विवाहको वाचा तोडेको आरोपमा मिश्रामाथि छ ।

महाकुम्भमा भाइरल भएकी थिइन् मोनालिसा

महाकुम्भ मेलामा माला बेच्ने मोनालिसालाई आफ्नो फिल्म ‘द डायरी अफ मणिपुर’मा काम दिने प्रस्ताव गर्दा सनोज मिश्राको नाम चर्चामा आएको थियो । आफ्नो सुन्दरता, विशेषगरी आँखाका कारण मोनालिसा सामाजिक सञ्जालमा भाइरल भइन् । सनोज आफैँ मोनालिसाको घर गएर उनलाई फिल्मको लागि साइन गराए र उनको तालिम पनि सुरु गरेका थिए । तर, अब यो गिरफ्तारीले मोनालिसाको फिल्मी करियर र छविमाथि प्रश्न उठाएको छ ।

महाकुम्भमा भाइरल ‘मोनालिसा’ : फोटो खिच्नेको भीड लागेपछि…(भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved