राजेन्द्र लिङ्देनको चेतावनी – व्यवस्था सुधार नभए गणतन्त्र उल्टिन्छ

नेपालभ्युज

राजेन्द्र लिङ्देनको चेतावनी – व्यवस्था सुधार नभए गणतन्त्र उल्टिन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले व्यवस्था सुधार नभए गणतन्त्र उल्टिने चेतावनी दिएका छन् ।

सोमबार संसद् बैठकमा उनले गणतन्त्रीवादीलाई लक्षित गर्दै राजतन्त्र हटाएर लुटतन्त्र मच्चाइरहेको आरोप समेत लगाएका छन् ।

उनले भने, “राजा हटाएर कुन खालको लुटतन्त्र मच्चाइरहेको छ भन्ने जनताले राम्ररी बुझेका छन् । राजा हटाउने बित्तिकै कसले व्यापार बढायो ? यदि यस्तै हो भने व्यवस्था सुधार नभए गणतन्त्र उल्टिन्छ ।”

उनले तीनकुने घटनामा न्यायीक छानबिन आयोग बनाएर अनुसन्धान गर्न माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved