माकलबारीमा हत्या गरी शव गाडेको आरोपमा एक भारतीयसहित ६ जना पक्राउ

नेपालभ्युज

माकलबारीमा हत्या गरी शव गाडेको आरोपमा एक भारतीयसहित ६ जना पक्राउ

काठमाडौं । प्रहरीले माकलबारीमा युवकको हत्या गरी शव गाडेको आरोपमा एक भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार घर भई दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ घर भएका २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका–६ का १८ वर्षीय विजय यादव, सोही स्थानका १८ वर्षीय करनकुमार महतो, त्यहीँका २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल छन् ।

सर्लाहीको चक्रघट्टा-८ घर भई गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारा बस्ने १९ वर्षका राहुल साहको हत्या भएको थियो ।

चैत ११ गतेदेखि हराइरहेका साहको चैत १५ गते माकलबारीको आरके मोटरसाइकल वर्कशपको पछाडि जमिनमा गाडिएको अवस्थामा शव फेला परेको थियो ।

उनी हराएको सूचना प्रहरी वृत्त बौद्धमा पुगेपछि प्रहरीले खोजतलास गरेको थियो ।

लेनदेनको विषयलाई लिएर हत्या भएको र काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved