दुर्गा प्रसाईंका धर्मगुरु पुष्कर खतिवडा पक्राउ

नेपालभ्युज

दुर्गा प्रसाईंका धर्मगुरु पुष्कर खतिवडा पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंका धर्मगुरु पुष्कर खतिवडालाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ । उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबार भएको हिंसात्मक घटनामा ढुङ्गा प्रहार गरेको र प्रदर्शनकारीलाई उक्साएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले प्रसाईं उनीसँगै रहेको अनुमानसहित खोजी गरेको थियो ।

यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाललगायतका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved