‘जनमुक्ति सेना’ले गरेको उपत्यका बन्द आव्हानको देखिएन असर (तस्वीरहरू)

‘जनमुक्ति सेना’ले गरेको उपत्यका बन्द आव्हानको देखिएन असर (तस्वीरहरू)

काठमाडौं । माओवादीको पूर्वकलडाकुको समूह ‘जनमुक्ति सेना नेपालले आज (शुक्रबार) काठमाडौं उपत्यका बन्दको आव्हान गरेको छ ।

उक्त सङ्गठनले यही चैत ११ गते विज्ञप्ति निकालेर बन्दको आव्हान गरेको थियो ।

यद्यपि आज काठमाडौंमा उपत्यका बन्द आव्हानको असर देखिएको छैन । सवारीसाधनको आवतजावत अरु बेलाजस्तै सामान्य नै रहेको छ ।

काठमाडौंमा आजै गणतन्त्र र राजसंस्था पक्षधरले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । त्यसका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

समाजवादी मोर्चाले अहिले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभागृह अगाडिको मुख्य सडकमै स्टेज निर्माण गरिरहेको छ । सवारीसाधन भने बिहानैदेखि डाइभर्ट गरिएको छ ।

तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved