समाजवादी मोर्चाले भन्यो : कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैन

नेपालभ्युज

समाजवादी मोर्चाले भन्यो : कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैन

काठमाडौं । समाजवादी मोर्चाले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयबारे प्रधानमन्त्री केपी ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने  भएको छ ।

बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकको निर्णयबारे जानकारी दिँदै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले यस्तो बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित दलसम्मिलित बैठकमा घिसिङको मात्रै नभएर अध्यादेश र शासनशैलीको विषयमा पनि विरोध जनाइएको उनले जानकारी दिए ।

बुधबार सदनमा विपक्षी दलहरूले घिसिङबारे प्रधानमन्त्रीको जवाफ मागेका थिए । तर प्रधानमन्त्री ओलीले भने एउटा कर्मचारी हटाइयो, अर्को नियुक्त गरियो, सकियो भन्ने जवाफ फर्काए ।

यसपछि सदन अवरुद्ध भएर बैठक स्थगित गरिएको थियो ।

यसैगरी समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौंको भृकुटीमण्डपमा हुने विरोध प्रदर्शनमा हजारौंको संख्यामा मानिसहरू उतार्ने निर्णय पनि गरेको छ ।

गणतन्त्रको पक्षमा रहेका सबै दललाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान पनि गरिएको विश्वकर्माले बताए ।

 

विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved