विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

नेपालभ्युज

विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

३ बजेदेखि सुरु भएको बुधबारको दोस्रो बैठकमा पनि विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले स्थगित गरिएको जानकारी गराएका हुन् ।

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेर विरोध जनाएपछि बिहान ११ बजे बसेको बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

३ बजेदेखि सुरु भएको दोस्रो बैठकमा पनि उनीहरुले प्रधानमन्त्री नै उपस्थित भएर जवाफ दिनुपर्ने माग राखेपछि सभामुखले स्थगित गरेका हुन् ।

अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved