विश्वकप छनोटमा वेल्सको विजयी सुरुवात

नेपालभ्युज

विश्वकप छनोटमा वेल्सको विजयी सुरुवात

काठमाडौं । आगामी वर्ष हुने विश्वकप फुटबलको छनोटमा वेल्सले विजयी सुरुवात गरेको छ ।

कार्डिफमा आइतबार बिहान भएको खेलमा घरेलु टोली वेल्सले कजाकिस्तानलाई ३–१ गोल अन्तरले हराएको हो ।

डानियल जेम्सले गोल गर्दै खेलको नवौं मिनेटमा नै वेल्सलाई अग्रता दिलाए । तर कजाकिस्तानका अस्खत तगिबेर्गेनले ३२औं मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

त्यसपछि बेन डाभिसले ४७औं तथा रब्बी मोटोन्डोले ९०औं मिनेटमा गोल गर्दै जित सुनिश्चत गरे ।

यस जितसँगै युरोपियन छनोटको समूह ‘जे’मा रहेको वेल्सले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।

यो समूहमा उत्तरी मेसेडोनियाले पनि तीन अङ्क नै जोडेको छ ।

आइतबार बिहान नै भएका अन्य खेलमा इजरायलले इस्टोनियालाई तथा चेक रिपब्लिकले फारो आइसल्यान्डलाई हरायो ।

अर्जेन्टिना विश्वकप नजिक, प्लेअफ स्थान पक्का


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved