दलित परिवारको घर भत्काउने गाउँपालिका अध्यक्ष पक्राउ

नेपालभ्युज

दलित परिवारको घर भत्काउने गाउँपालिका अध्यक्ष पक्राउ

सिरहा । महायज्ञका लागि दलित परिवारको घर भत्काउने प्रकरणमा संलग्न गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवसहित पूर्ववडाध्यक्ष दिलीप यादवलाई प्रहरी पक्राउ गरेको हो ।

पीडितबाट जाहेरी आएपछि उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको  मधेस प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिएका छन् ।

चैत १७ गतेदेखि हुन लागेको महायज्ञका लागि सिरहा औरही -५ का दीपक मलिक डोमको घर भत्काइएको थियो । प्रधानमन्त्री आवास कार्यक्रम अन्तर्गत निर्माण भएको उक्त घर भत्काउनका लागि गाउँपालिका अध्यक्षले सहमति पत्रमा जबरजस्ती हस्ताक्षर गराएका थिए ।

यस  घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबारै मन्त्रालय तानेको छ । राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगसमेतले घटनाको स्थलगत अनुगमन गरेका थिए ।

प्रतिनिधि सभाको बैठकमा समेत सांसदले पटकपटक यस घटनाका सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै दोषीमाथि तत्काल आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved