काठमाडौं । ‘महायज्ञका लागि दलितको घर भत्काइएको घटनामा सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् ।
दाहालको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको मन्त्रालयले जनाएको छ ।
महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन् ।
औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्नकै लागि घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको छ ।
औरही नगरपालिका-५ मा महायज्ञ लगाउने भन्दै दीपक मरिक (डोम)को घर भत्काइएको थियो । यही चैत्र १७ गर्ने विष्णुको महायज्ञ लगाइने स्थान नजिकै घर भएकोले भूमि अपवित्र हुन्छ भन्दै पालिकाले नै भत्काएको दीपककी पत्नी अनिता मरिक बताउँछिन् ।
महायज्ञ अपवित्र हुन्छ भन्दै भत्काइयो दलितको घर : पीडितलाई पालिकाकै धम्की (भिडिओ)
Facebook Comment
Comment