पद्मकन्यामा स्ववियु चुनाव : सञ्चारमाध्यमलाई प्रवेश निषेध, निर्वाचन अधिकृतको मोबाइल अफ

नेपालभ्युज

पद्मकन्यामा स्ववियु चुनाव : सञ्चारमाध्यमलाई प्रवेश निषेध, निर्वाचन अधिकृतको मोबाइल अफ

काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी छ । आज (बिहीबार) बिहान ८ बजेपछि मतदान सुरु भएको हो ।

क्याम्पसमा निर्वाचन चलिँरहँदा पत्रकारलाई भने प्रवेश निषेध गरिएको छ । साथै निर्वाचन अधिकृत मोबाइल अफ गरेर सञ्चारको सम्पर्कविहीन रहेका छन् ।

यसअघि मङ्गलबार भएको अन्य क्याम्पसको चुनावमा भने सञ्चारमाध्यमलाई प्रवेश दिइएको थियो । पद्मकन्यामा पनि मङ्गलबारका लागि तय भएको निर्वाचन विवादका कारण सरेको थियो ।

यहाँ नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घ भित्रको विवादका कारण चुनाव सरेको हो ।

आज शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved