म्याग्दीमा जिप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

नेपालभ्युज

म्याग्दीमा जिप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते
सांकेतिक तस्वीर

धवलागिरि । म्याग्दीको मालिका गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार भएकाे दुर्घटनामा परी तीनजना घाइते भएका छन् ।

सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जिप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

जिपमा चालकसहित पाँचजना सवार रहेका थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालकको लापरबाहीका कारण दुर्घटना भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङको टोली पुगेको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved