महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेविसङ्घकी विन्दु पोखरेल एक मतले विजयी

नेपालभ्युज

महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेविसङ्घकी विन्दु पोखरेल एक मतले विजयी

काठमाडौं । स्ववियु निर्वाचनको मतपरिणामअन्तर्गत महाराजगञ्ज नर्सिङ क्याम्पसको अध्यक्षमा नेविसङ्घकी विन्दु पोखरेल झिनो अन्तरले विजयी भएकी छिन् ।

नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घकी पोखरेलले नेकपा एमालेनिकट अनेरास्ववियुकी उम्मेदवार मनकुमारी बुढालाई एक मतले हराएकी हुन् ।

बुधबार बिहान सकिएको मतगणनामा पोखरेलले २५९ मत ल्याउँदा बुढाले २५८ मत ल्याएकी हुन् ।

सचिव र कोषाध्यक्षमा पनि नेविसङ्घका उम्मेदवार विजयी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved