२५ करोड नगदसहित काठमाडौंबाट दुईजना पक्राउ

नेपालभ्युज

२५ करोड नगदसहित काठमाडौंबाट दुईजना पक्राउ

काठमाडौं । २५ करोड नगदसहित काठमाडौंबाट दुईजना पक्राउ परेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट पक्राउ गरेको हो ।

ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको छ ।

उनीहरूले उक्त नगद ट्रकमा राखेका थिए । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन । एकजना ट्रकका चालक छन् ।

उक्त रकम के प्रयोजनका लागि कहाँ लैजान लागिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved