माओवादी केन्द्र आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्छ : प्रचण्ड

नेपालभ्युज

माओवादी केन्द्र आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्छ : प्रचण्ड

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताएका छन् ।

भक्तपुरको सूर्यविनायकमा माओवादी केन्द्र भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको राजनीतिक प्रशिक्षणमा अध्यक्ष दाहालले जनताको बलमा चुनावमा जाने बताए । विसं २०६४ को निर्वाचनमा आफ्नै मुद्दाको बलमा विजयी भएको स्मरण गर्दै उनले भने, ‘आगामी दिनमा माओवादी केन्द्रले काङ्ग्रेस र एमालेसँग समीकरण गर्दैन, आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्छौँ ।’

पार्टीभित्र गुटबन्दी, अराजकतावादी तथा व्यक्तिवादी आत्मकेन्द्रित हुने प्रक्रिया बढेकाले पार्टीमा सङ्गठनात्मक गतिविधि जुन गतिमा अगाडि बढ्नुपर्ने हो त्यो नबढेको प्रचण्ड भनाइ थियो । पार्टीका गतिविधि गतिशील बनाएर अघि बढ्दै यथास्थितिलाई तोडेर नयाँ यथार्थतिर र नयाँ प्रक्रियातिर जाने सङ्कल्प लिएको उनले बताए ।

लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र र जनताको समाजवादी गणतन्त्रबीच ठूलो वैचारिक सङ्घर्षको फाइदा उठाएर राजावादीहरूले राजतन्त्र फर्काउन सकिन्छ कि भनेर प्रयास गरिरहेको बताए । कार्यक्रममा पार्टीका जिल्ला सदस्य, विभिन्न भ्रातृ सङ्गठनका पदाधिकारी प्रतिनिधिलगयतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार :

दरबार हत्याकाण्डको छानबिन गरौं – प्रचण्ड


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved