दरबार हत्याकाण्डको छानबिन गरौं – प्रचण्ड

नेपालभ्युज

दरबार हत्याकाण्डको छानबिन गरौं – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको छानबिन आवश्यक रहेको बताएका छन् ।

समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, “मैले हिजो जे बोलेको छु, त्यो कुरा धेरै पहिलादेखि बोलिरहेको हो । दरबार हत्याकाण्डपछि हामी भूमिगत हुँदा पनि यही कुरा बोलेको थिएँ । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि बोलेको थिएँ । मैले छानबिन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेलै भनेको थिएँ । अहिले फेरि पुनरुत्थानको कोसिस भइरहेको बेलामा तिनै कुरालाई आवश्यक ठानेर बोलेको हुँ ।”

आफूले जनतालाई लागेको छ भन्ने भाषाले बोलेको प्रचण्डको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved