युवतीले मानसिक तनाव दिएको भन्दै एक व्यक्तिले गरे आत्मदाह प्रयास

नेपालभ्युज

युवतीले मानसिक तनाव दिएको भन्दै एक व्यक्तिले गरे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले युवतीले मानसिक तनाव दिएको भन्दै आत्मदाहको प्रयास गरेका छन् ।

उत्तम कार्की नामका एक युवाले मङ्गलबार राति फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आफैँ आगो लगाएका थिए ।

हात र अनुहार जलेका उनलाई उद्धार गरी अस्पताल पुर्याइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । उनको उपचार कीर्तिपुरको बर्न अस्पतालमा भइरहेको छ ।

कार्कीले फेसबुक लाइभमा स्थानीय एक युवतीले मानसिक तनाव दिएकाले यस्तो निर्णय लिनुपरेको बताएका छन् ।

ती युवतीकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिथोलिएको र प्रहरीले आफ्नो कुरा नसुनेको उनको आरोप छ ।

कार्कीले ती युवतीको उजुरीका आधारमा यसअघि आफू १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको पनि उल्लेख गरेका छन् । आफूमाथि लागेको गलत आरोपका कारण कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने पनि फेसबुक उनले लाइभमा बताएका थिए ।

कार्कीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved