विपिन जोशीलाई रिहा गर्ने पहल तीव्र बनाउन राजदूतलाई पत्र

नेपालभ्युज

विपिन जोशीलाई रिहा गर्ने पहल तीव्र बनाउन राजदूतलाई पत्र

काठमाडौं । हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारस्थित नेपाली राजदूतलाई पत्र दिइएको छ ।

१६ महिनादेखि हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि सरकारले पर्याप्त पहल नगरेको भन्दै राजदूतलाई पत्र दिइएको हो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्‌का सदस्य सुरेश भट्टले कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेललाई पत्र बुझाएका हुन् ।

उनले पत्रमा लेखेका छन, “जोशीको सकुशल रिहाइका लागि नेपाली अधिकारीहरूले पहल गरिरहेको बताइए पनि कूटनीतिक क्षेत्रका जानकारहरूले सरकारी पहल प्रभावकारी नभएको टिप्पणी गरिरहेको अवस्था छ ।”

७ अक्टोबर २०२२ मा जोशीलाई हमासले अपहरण गरेको थियो । त्यसयता उनको अवस्था अज्ञात छ । इजरायल सरकार इजरायली सञ्चार माध्यले जोशी जिवीतै रहेको बताएपनि अरु प्रमाण भने भेटिएका छैनन् ।

“नेपालले कुशल कूटनीति प्रदर्शन गर्न नसक्दा यति लामो समयसम्म जोशीको अवस्था अझैसम्म अज्ञात नै रहनु अत्यन्तै दुःखद् छ । यसकारण जारी हमास–इजरायल युद्ध रोक्न कतारले मध्यस्थकर्ताको भूमिकासमेत निर्वाह गरिरहेको परिप्रेक्षमा दूतावासमार्फत कतार सरकारसमक्ष औपचारिक रुपमा नै कूटनीतिक रूपमा प्रस्ताव गरी नेपाली विद्यार्थी विपिन जोशीलाई हमासको कब्जाबाट मुक्त गरी नेपाल झिकाउन महत्वपूर्ण तथा अर्थपूर्ण भूमिका निर्वाह गरिदिनुहुन विनम्र अनुरोध गर्दछु,” भट्टले पत्रमा लेखेकाछन् ।

भट्टले राजदूतलाई नै भेटर पत्र बुझाएका हुन् ।

पछिल्ला विवरणअनुसार अब हमासको कब्जामा २४ जना जीवित बन्धक छन् । इजरायलका अनुसार हमासको बन्धनमा रहेका २४ जनामध्ये २२ जना इजरायली हुन् । १ जना थाइल्याण्डका नागरिक हुन् भने एक नेपाली विद्यार्थी विपिन जोशी हुन् । यी २४ जना जीवितै रहेको इजरायलको दाबी छ ।

२२ जना इजरायलीमध्ये ४ जना सैनिक हुन् भने बाँकी नोभा म्यूजिक फेस्टिवलमा सुरक्षा गार्ड छन् । हमास र इजरायलबीच दोस्रो चरणको युद्धविराम भएमा यी २४ जना रिहा हुने छन् । हमासको नियन्त्रणमा ३५ जना बन्धकको शव छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved