काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रहरीले गोल्डेन गेटमै यात्रुलाई रोकेर चेक जाँच गर्दैछ । प्रेस र अन्य पास भएका दुई पाङ्ग्रे बाहेक अन्य गोल्डेन गेटमै रोकिएको छ । त्यहीँबाट पैदल हिँड्दै विमानस्थलसम्म जानुपर्ने सास्ती हवाई यात्रुलाई आइपरेको छ ।
साथै, अन्य चार पाङ्ग्रे सवारी साधनमा पनि चेक जाँच कडा गरिएको छ । टिकटलगायतका कागतपत्र नहुनेलाई प्रवेश निषेध गरिएको प्रहरीले जनाएको छ ।
राप्रपाले आइतबार राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पूर्वाराजा शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रमअन्तर्गत राजसंस्थाको वकालत गरिरहेको दल राप्रपाले शक्ति प्रदर्शन गर्न लागेको हो ।
राप्रपाका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधरहरु पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुग्न थालेका छन् ।
हेरौँ, तस्वीर –





Facebook Comment
Comment