दाउन्नेमा दुई सवारीसाधन ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नेपालभ्युज

दाउन्नेमा दुई सवारीसाधन ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
सांकेतिक तस्वीर

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेमा दुई सवारीसाधन ठोक्किएका छन् । शुक्रबार राति ट्रक र बस ठोक्किएका हुन् ।

यसले गर्दा पूर्वपश्चिम राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । सवारीसाधनको लाइन पूर्वतर्फ दुम्कीबासम्म पुगेको छ ।

दुर्घटनामा मानवीय क्षति भने नभएको र अहिले ठोक्किएका दुवै गाडी हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

चालकहरूले लेन मिचेर सवारी चलाउनाले दुई सवारीसाधन ठोक्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो क्षेत्रमा सडक भत्किएर खाल्डाखुल्डी भएका छन् । साथै सडक विस्तारको काम पनि भइरहेको छ । यसले गर्दा सवारी चालक र यात्रुले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved