राष्ट्रिय सभाबाट पनि पाँचवटै अध्यादेश स्वीकृत

नेपालभ्युज

राष्ट्रिय सभाबाट पनि पाँचवटै अध्यादेश स्वीकृत

काठमाडौं । सरकारले जारी गरेका विभिन्न ६ मध्ये पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा पाँचवटा अध्यादेश निर्णयार्थ पेस गरिएको थियो । जुन राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत भएको छ ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ राष्ट्रिय सभाबाट स्वीकृत भएको हो ।

यसअघि बुधबार प्रतिनिधि सभा बैठकबाट यी अध्यादेश स्वीकृत भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved