उत्पादनमूलक क्षेत्रमा ढकालको इन्ट्री, खोले सिमेन्ट बोर्ड र कागज उद्योग 

नेपालभ्युज

उत्पादनमूलक क्षेत्रमा ढकालको इन्ट्री, खोले सिमेन्ट बोर्ड र कागज उद्योग 

रौतहट । सेवामूलक क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेसँगै आईएमई समूह उत्पादनमूलक क्षेत्रमा प्रवेश गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका व्यवसायी चन्द्रप्रसाद ढकालको अगुवाइमा रौतहटमा डेढ अर्ब लगानीमा फाइबर सिमेन्ट बोर्ड र महोत्तरीमा दुई अर्ब रुपैयाँभन्दा बढीको लगानीमा कागज उद्योग खोलिएको हो ।

महोत्तरीको गौशाला नगरपालिकाको गौशाला–१ इँटाटार गाउँमा देशकै सबैभन्दा ठुलो कागज उद्योग सञ्चालनमा आएको छ । २०७८ मा शिलान्यास भएको उक्त उद्योगको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गर्दैछन् ।

अध्यक्ष ढकाल नेपालमा कागज उत्पादन हुने उद्योग नभएकाले आयात गर्नुपर्ने अवस्थालाई हटाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले कागज उद्योग स्थापना गरेको बताउँछन् ।

त्यस्तै, करिब डेढ अर्ब रुपैयाँ लगानीमा खोलिएको फाइबर सिमेन्ट बोर्ड उद्योग रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित फतुवा पेटभर्वामा छ । फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने यो नेपालकै पहिलो उद्योग हो, जसले करिब १ महिनाभित्र उत्पादन थाल्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved