अध्यादेशका पक्षमा उभिन काङ्ग्रेस र एमालेको ह्वीप

नेपालभ्युज

अध्यादेशका पक्षमा उभिन काङ्ग्रेस र एमालेको ह्वीप

काठमाडौं । सत्तारूढ दल नेपाली काङ्ग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई ह्वीप जारी गरेका छन् ।

सरकारले भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेश संसद्‌मा निर्णायार्थ पेस गर्ने भएपछि सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरिएको हो ।

काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरले बुधबारको बैठकमा अनिवार्य उपस्थिति हुन सांसदहरूलाई सन्देश पठाइएको बताए । यस्तै, एमाले सचेतक सुनिता बरालले पनि सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी भएको जानकारी दिइन् ।

बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेश निर्णायार्थ पेस गर्ने भएको छ ।

सरकारले फागुन २१ गते दिउँसो १ बजे बस्ने संसद्‌को बैठकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णायार्थ पेस हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved