घाँटी थिचेर श्रीमतीको हत्या, १० महिनाअघि गरेका थिए प्रेम विवाह

नेपालभ्युज

घाँटी थिचेर श्रीमतीको हत्या, १० महिनाअघि गरेका थिए प्रेम विवाह
साङ्केतिक तस्वीर ।

सिन्धुली । दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति अनिसाको हत्या गरेको आरोपमा उनका श्रीमान दुधौली नगरपालिका–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेकाअनुसार दिनेशले गएराति घरछेउको भान्सामा घाँटी थिचेर श्रीमती अनिसाको हत्या गरेका हुन् ।

सो घटनाबारे आज बिहान ७ बजे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी दुधौली र इलाका प्रहरी कार्यालय डकाहाबाट घटनास्थलमा गएको संयुक्त टोलीले अभियुक्त दिनेशलाई निजको घरबाट पक्राउ गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आपसी मनमुटावका कारण श्रीमतीको घाँटी थिचेर हत्या गरेको देखिएको र दिनेशले श्रीमतीको हत्या गरेको भनी स्वीकारेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

श्रीमतीको हत्या गरेको आरोप लागेका दिनेशलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा राखेर अहिले अनुसन्धानको काम भइरहेको छ । घटनास्थलबाट मुचुल्का तयार गरी ‘पोष्टमार्टम’का लागि शव स्थानीय नगर अस्पताल सिर्थौलीमा लगिएको प्रहरीले जनाएको छ ।

करिब १० महिनाअघि दुधौली नगरपालिका–९ लालपुरकी अनिसासँग दिनेशले प्रेम विवाह गरेका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved